समाजवादी पार्टीद्धारा सरकार छाड्ने निर्णय
प्रधानमन्त्री ओलीले संविधान संशोधन प्रस्ताव रोकेपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो ।

२०७६ पुस ८ मंगलबार, दिउँसो १:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ ।
पार्टीको पदाधिकारी बैठकले मंगलबार सरकार छाड्ने निर्णय गरेको हो । बैठक ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारीको बैठकले सो निर्णय गरेको समाजवादीका एक नेताले बताए ।
संविधान संशोधनसम्बन्धी अध्ययन समिति प्रस्ताव मन्त्रिपरिषद्मा लैजाँदा प्रधानमन्त्री केपी ओलीले रोकेपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले संविधान संशोधन अध्ययन समिति बनाउने प्रस्ताव राखेका थिए ।
उपेन्द्र यादवले ओली समक्ष राखेको संविधान संशोधनको प्रस्ताव यस्तो थियो ।



कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…