प्रदेश २ मा चाँडै प्राविधिक विश्वविद्यालय स्थापना हुँदै
केन्द्रको गिद्धे दृष्टिका कारण प्रदेश २ को शैक्षिक विरासतमा ह्रास आएको आरोप लगाए ।

२०७६ पुस ५ शनिबार, बेलुकी ५:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा चाँडै प्राविधिक विश्वविद्यालय स्थापना हुन लागेको बताएका छन् ।
नेपाल तराई इन्जिनियर्स एशोसिएशनले जनकपुरमा आज आयोजना गरेको प्रदेश २ मा इन्जिनियरिङ्ग कलेजको आवश्यकता विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सो कुराको उदघोष गरेका हुन् । उनले प्राविधिक विश्व विद्यालय स्थापनाको लागी गृहकार्य अन्तिम चरणमा रहेकोले यसै महिना विधेयक सदनमा प्रस्तुत हुने विश्वास व्यक्त गरे ।
केन्द्रको गिद्धे दृष्टिका कारण प्रदेश नं. २ को शैक्षिक विरासतमा ह्रास आएको उल्लेख गर्दै उनले पुरानो गरिमालाई पुनः स्थापित गर्न सबै पक्षलाई सहयोग गर्न आग्रह समेत गरे । मुख्यमन्त्री राउतले प्रदेशलाई प्राविधिक शिक्षाको हव बनाउने प्रदेश सरकारको घोषणा अनुरुप प्राविधिक शिक्षा विधेयक सदनमा छलफलको क्रममा रहेको जानकारी गराउँदै विधेयक पारित भए लगतै एक पालिका एक प्राविधिक विद्यालय स्थापनाको काम शुरु हुने समेत जानकारी गराए ।
शिक्षा नै विकासको पहिलो खुडकिलो रहेको बताउँदै उनले प्रदेश सरकार शिक्षामा पनि प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको स्पष्ट पारे । एशोसिएशनका अध्यक्ष डा. ई. अजय झाको अध्यक्षतामा भएको उक्त गोष्ठीमा भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, इन्जिनियर सत्यनारायण साह सहितका वक्ताहरुले इन्जिनियरिङ्ग संस्थाको आवश्यकता र औचित्य बारेृ आ–आफनो धारणा राखे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…