जनमत पार्टीद्धारा २५ आमसभाको घोषणा : माघ ५ गते लहानमा बलिदानी दिवस
माघ पाँच गते मधेश बलिदानी दिवस सिरहाको लहानमा भव्य रुपमा मनाउने तयारी जनमत पार्टीले थालेको छ ।

२०७६ पुस १ मंगलबार, दिउँसो १:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले एकैसाथ २५ वटा आमसभाको घोषणा गरेको छ ।
मंसिर २७ र २८ गते पर्सा जिल्लाको विन्ध्यावासिनी बसेको जनमत पार्टीको केन्द्रीय समिति बैठकले एकैसाथ २५ आमसभाको घोषणा गरेको हो । मधेशको पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म २५ वटा आमसभा जनमत पार्टीले गर्ने भएको छ ।
जनमत पार्टीले पुस, माघ र फागुन गरी तीन महिनाभित्र उक्त आमसभाहरु गर्ने जनाएको छ । यसैगरी २०६३ को पहिलो मधेश आन्दोलनको क्रममा राज्यद्धारा हत्या गरिएका प्रथम सहिद रमेश महतोको सम्मान र सम्झनामा माघ पाँच गते मधेश बलिदानी दिवस पनि सिरहाको लहानमा भव्य रुपमा मनाउने तयारी जनमत पार्टीले थालेको छ ।
जनमत पार्टीले हालै सम्पन्न उपनिर्वाचनमा मतदान गरेका सम्पूर्ण मतदाता, नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद ज्ञापनसमेत गरेको छ । विभिन्न दश स्थानमा जनमत पार्टीले दिएको उम्मेदवारीमा सम्पूर्ण स्थानमा उत्साहजनक मत आएको ठहर पार्टीले गरेको छ ।
यसैगरी, जनमत पार्टीले संगठन विस्तारको कामलाई तीब्रता दिने निर्णयसमेत गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…