वीरगँजकी एसिड पीडित मुस्कानलाई अमेरिकी डाक्टरद्धारा 'प्लास्टिक सर्जरी'
कक्षा ९ मा अध्ययनरत खातुन वडा नं. २ छप्कैया निवासी रसुल अलीकी छोरी हुन् ।

२०७६ मंसिर २७ शुक्रबार, राति ९:०२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, वीरगँज । तेजाब प्रहारबाट घाइते भएकी वीरगंज निवासी मुस्कान खातुनको प्लास्टिक सर्जरी गरिएको छ। तीन महिनादेखि कीर्तिपुर बर्न अस्पतालमा उपचाररत मुस्कानलाई अमेरिकी तथा नेपाली डाक्टरहरुको टोलीले प्लास्टिक सर्जरी गरेको हो ।
त्यस्तै मुस्कानलाई थप आर्थिक सहायता सहित अस्पतालमा चाहिने आवश्यक सुविधाको व्यवस्थापन गर्न वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी अस्पतालमा पुगेका थिए। मेयर सरावगीले मुस्कानको परिवारलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
प्रेम प्रस्ताव अस्विकार गरेपछि गत भदौमा दुई युवकले वीरगञ्जको गणेशमान सिंहचोकमा मुस्कान खातुनमाथि एसिड प्रहार गरेका थिए । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत खातुन वडा नं. २ छप्कैया निवासी रसुल अलीकी छोरी हुन् ।
मुस्कानको उपचारको लागि प्रदेश २ सरकारले ५ लाख रुपैयाँ राहत उपलब्ध गराएको छ भने अन्य सहयोगी हातहरु समेत उनको सहयोगमा जुटेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…