मिर्चैया : अढाई करोडको लागतमा मोहन उमाविको नयाँ भवन बन्दै
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयास्थित रहेको मोहन उमाविको नयाँ भवनको शिलान्यास गरिएको छ । मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले बिहीबार एक कार्यक्रमबीच निर्माण हुन लागेको भवनको विधिवत् रुपमा शिलान्यास गरेका हुन् । जिल्लाको शैक्षिक हबको रुपमा रहेको मिर्चैयामा अवस्थित लामो इतिहास बोकेको मो

२०७६ मंसिर २७ शुक्रबार, दिउँसो १२:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयास्थित रहेको मोहन उमाविको नयाँ भवनको शिलान्यास गरिएको छ ।
मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले बिहीबार एक कार्यक्रमबीच निर्माण हुन लागेको भवनको विधिवत् रुपमा शिलान्यास गरेका हुन् । जिल्लाको शैक्षिक हबको रुपमा रहेको मिर्चैयामा अवस्थित लामो इतिहास बोकेको मोहन उमाविको जिर्न रहेको पूरानो भवनलाई भत्काएर नयाँ भवन बनाउन लागिएको हो ।
झण्डै अढाई करोडको लागतमा निर्माण हुन लागेको उक्त नयाँ भवन अत्याधुनिक हुनेछ । भवन निर्माणको लागि नगरपालिकाले २ करोड ४७ लाख रुपैयाँ विनियोजन गरेको मिर्चैया नगरपालिकाका नगरप्रमुख यादवले जनाए ।
मेयर यादवले नगरपालिकाले शिक्षालाई विशेष प्राथमिकतामा राखेको बताए । उनले विद्यालयमा भवनमात्र राम्रो बनाएर नहुने भन्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा पनि प्रदान गर्नुपर्ने बताए । विद्यालय तथा शिक्षकहरुलाई गुणस्तरीय शिक्षा प्रवाह गर्न निर्देशनसमेत मेयर यादवले दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…