सिरहामा ७१.८८ प्रतिशत मत खस्यो, मतगणनाको तयारी
यादवको २०७५ वैशाख १८ गते मृत्यु भएपछि त्यहाँ पुनः चुनाव भएको हो ।

२०७६ मंसिर १४ शनिबार, राति ८:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ मा वडाध्यक्षको लागि भएको उपनिर्वाचनमा ७१।८८ प्रतिशत मत खसेको छ ।
वडाध्यक्षको लागि भएको उपनिर्वाचनमा यहाँ २४८० मत खसेको हो । बिष्णुचरण श्रेष्ठ माध्यमिक विद्यालय बेलहामा पुरुष ७ सय ८६ र महिला १ हजार १ सय ४७ गरि जम्मा १ हजार ९ सय ३३ जनाले मत खसाएका छन् भने आधारभूत विद्यालय तिलासिमा पुरुष २ यस ४७ र महिला ३ सय गरि जम्मा ५ सय ४७ मत खसेको छ ।
मतदान केन्द्रमा महिलाको संख्या बढी देखिएको छ । मतदानपछि मतगणना अहिले सुरु नभएको तर, सुरसार भइरहेको पत्रकार सुरेन्द्र कामतीले जानकारी दिए ।
उपनिर्वाचनलाई मध्यनजर गरी सिरहाको दक्षिणी भेगमा सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जनाए । रिक्त रहेको सो वडाको वडाध्यक्ष पदका लागि विभिन्न आठ दल तथा स्वतन्त्र गरी १३ जनाले उम्मेदवारी दिएका छन् ।
स्थानीय तह निर्वाचनमा कल्याणपुर नगरपालिका १२ को वडाध्यक्ष पदमा कांग्रेसबाट निर्वाचित रामदेव यादव निर्वाचित भएका थिए । यादवको २०७५ वैशाख १८ गते मृत्यु भएपछि त्यहाँ पुनः चुनाव भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…