सिरहामा शान्तिपूर्ण रुपमा मतदान हुँदै
सिरहामा कल्याणपुर १२ को वडाध्यक्ष पदको लागि विभिन्न पार्टी तथा स्वतन्त्र गरी १३ जनाले उम्मेदवारी दिएका छन् ।

२०७६ मंसिर १४ शनिबार, दिउँसो १:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको कल्याणपुर नगरपालिका १२ मा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।
कल्याणपुर नगरपालका वडा नम्बर १२ को वडाध्यक्षको लागि भइरहेको मतदानमा शान्तिपूर्ण रुपमा मतदाताहरुले सहभागी भएर मत खसाइरहेका छन् । बिष्णुचरण श्रेष्ठ माविमा जारी मतदानमा बिहान १० बजेसम्म तीन सय ७९ महिला र दुई सय ८८ पुरुष गरि जम्मा ६ सय ६७ मत खसेको छ ।
यस्तै, आधारभूत विद्यालय तिलासिमा ८९ महिला र एक सय पाँच पुरुष गरि एक सय ९४ मत खसेको छ । सिरहामा कल्याणपुर १२ को वडाध्यक्ष पदको लागि विभिन्न पार्टी तथा स्वतन्त्र गरी १३ जनाले उम्मेदवारी दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…