जनकपुरमा आज 'तिलकोत्सव'
विगतका वर्षको तुलनामा यसवर्ष बढी दर्शनार्थी सहभागी हुने देखिएपछि सुरक्षा व्यवस्था पनि चुस्तदुरुस्त पारिएको छ ।

२०७६ मंसिर १३ शुक्रबार, बिहान ९:४९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनक नगरी जनकपुरधाममा जारी सप्ताहव्यापी रामजानकी विवाह महोत्सव अन्तर्गत् शुक्रबार (आज) चौथो दिन तिल्कोत्सव कार्यक्रम मनाइँदैछ ।
त्रेतायुगमा मर्यादा पुरुषोतम भगवान राम र जनक नन्दनी जानकीबीच भएको विवाहको सम्झनामा साधुसन्त र श्रद्धालुहरुले श्रद्धा र निष्ठा पुर्वक तिल्कोत्सव मनाउँदैछन् ।
तिल्कोत्सवमा भगवान रामलाई तिलक लगाउने गरिन्छ । तिलकोत्सव कार्यक्रममा जानकी मन्दिरबाट बाजागाजाका साथ अयोध्या मन्दिरको प्रतिनिधित्व गर्ने राममन्दिरमा १ सय १ वटा डालीमा विभिन्न प्रकारमा फलफूल तथा परिकारका मिष्ठानको पाहुर पठाउने परम्परा रहिआएको छ ।
भोली शनिबार मटकोर कार्यक्रम गरिनेछ भने आईतबार भव्यता पूर्वक शुभ विवाहको आयोजना गरी विवाहपञ्चमी मनाइनेछ । यसपालि विवाहपँचमीमा भारत उत्तर प्रदेशको अयोध्याबाट भारी सँख्यामा जन्ती (बाराती) आएका छन् । जन्तीहरुलाई जनकपुरमा विहिबार भव्य रुपमा स्वागत गरिएको हो । यसपाली जन्तीहरु विवाहपञ्चमीमा ५ दिनसम्म जनकपुर बस्दै मँसिर १६ गते फिर्ता हुने जनाइएको छ ।
विगतका वर्षको तुलनामा यसवर्ष बढी दर्शनार्थी सहभागी हुने देखिएपछि सुरक्षा व्यवस्था पनि चुस्तदुरुस्त पारिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…