जनकपुर विवाहपञ्चमी : आज फूलबारी लिला
धनुषयज्ञमा भगवान राम र लक्ष्मण आफ्ना गुरु विश्वामित्र सहित उपस्थित हुनेछ ।

२०७६ मंसिर ११ बुधबार, बिहान ८:४६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको दोस्रो दिन आज (बुधबार) फूलबारी लीला हुने भएको छ ।
सात दिनसम्म मनाइने मधेश मिथिलाको विवाहपञ्चमी महोत्सवको पहिलो दिन (मँगलबार) जानकी नगरदर्शनले विधिवत रुपमा प्रारम्भ भएको हो। बुधबार (आज) फूलबारी लीला विवाहमण्डपको बगैँचा फूलबारीमा हुने भएको छ ।
त्रेता युगमा जगत जननी माता जानकी भनिने सीताले फूलबारीमा फूल ल्याउन गएको बेला मर्यादा पुरुषोत्तम श्रीरामसँग आँखीचार अर्थात आँखा मिलन भएको स्मरणमा हरेक वर्ष काल्पनिक फूलबारी लीला गरिन्छ ।
विदेह राजा जनककी पुत्री जगत जननी माता सीताको विवाहको लागि विभिन्न राज्यका राजाहरु विवाह गर्नको लागि धनुषयज्ञमा आएको हुन्छ । राजा जनकले आयोजन गरेको धनुषयज्ञमा शिवधनुष भाँच्ने महापुरुष वीर सँग सीताको विवाह गर्ने प्रावधान हुन्छ ।
विहिबार त्रेतायुगमा राजा जनकले आयोजना गरेको धनुषयज्ञमा भगवान राम र लक्ष्मण आफ्ना गुरु विश्वामित्र सहित उपस्थित हुनेछ ।
धनुषयज्ञमै सहभागी हुनको लागि भगवान राम र उनका भाई लक्ष्मण आफ्ना गुरु विश्वामित्रसँग जनकपुर धनुषयज्ञमा सहभागी हुन आएको आउँछ । गुरु भएको कारण धनुषयज्ञमा सहभागी हुन विश्वामित्रको आमन्त्रण भएपनि राम र लक्ष्मण भने उनकै चेला भएर सँगसँगै जनकपुरधाम आउँछन् ।
देवता पूजन र गूरु पूजनको लागि भगवान राम र लक्ष्मण जनकपुरधामको विवाहमण्डमको फूलबारमै फूल ल्याउन गएको किम्बदन्ती छ । त्यही सीता पनि गौरी पूजनको लागि आफ्नी सखिसहेलीसँग फूल ल्याउन गएपछि राम र सीताको नयन मिलन हुन्छ ।
फूलबारी लिला आज साँझ ४ बजेदेखि सुरु हुनेछ भने फूलबारी लीलामा १० हजारबढी श्रद्धालुको सहभागीता रहने अनुमान जानकी मन्दिरका उत्तराधिकारी एवम् छोटा महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए ।
घण्टौसम्म एक अर्कालाई हेर्दै राम र सीता मनमुग्ध भएको लीलालाई कलयुगमा काल्पनीक भगवान राम र सीताझैँ सजाएर फूलबारीको लीला श्रद्धालुहरुलाई देखाईन्छ । फूलबारी लीला हेर्नको लागि हजारौँको सँख्यामा श्रद्धालुहरु सहभागी हुन्छ ।
भोली (विहिबार) भगवान रामले धनुषयज्ञमा शिव धनुष तोडने छन् । यसपाली पनि भारी सँख्यामा भारतको अयोध्याबाट जन्ती (बाराती) आउने जनाइएको छ । अयोध्याबाट जन्ती हिडिसकेको भन्दै भोली जनकपुर आईपुग्ने र जनकपुरमा भव्य स्वागत गरिने जनाइएको छ । यसअघि मँगलबार भारतको विभिन्न ठाउँमा जन्तीहरुलाई भव्य स्वागत गरिएको हो ।
यसपाली नेपालका पूर्व राजा ज्ञानेन्द्र साह पनि आउने भएपछि श्रद्धालुको सँख्या बढने अनुमान गरिएको छ । यसका साथ साथै नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले स्वयं पनि जन्तीलाई स्वागत गर्न आउने कार्यक्रम रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…