मुख्यमन्त्री राउत स्वदेश फिर्ता
मुख्यमन्त्री राउतलाई जनकपुर विमानस्थलमा स्वागत गरिएको छ ।

२०७६ मंसिर ८ आइतबार, बेलुकी ५:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत अमेरिका भ्रमण सकेर आज स्वदेश फर्किएका छन् ।
मुख्यमन्त्री भएपछि पहिलो पटक एक कार्यक्रममा भाग लिन अमेरिका गएका मुख्यमन्त्री राउत आज (आईतबार) जनकपुर आइपुगेका हुन् । उनी गत कार्तिक २७ गते अमेरिका तर्फ प्रस्थान गरेका थिए ।
एसोसियट अफ नेपाली तराईयन इन अमेरिका (एन्टा) को साधारणसभामा प्रमुख अतिथिको रुपमा सहभागी हुन अमेरिका गएका उनी झण्डै १२ दिनपछि स्वदेश फिर्ता भएका हुन् । मुख्यमन्त्री राउतलाई जनकपुर विमानस्थलमा स्वागत गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…