आज जनकपुर आउने १ सय ७५ साईकल यात्रीलाई नीधिले स्वागत गर्ने
यसअघि उनीहरु विवाहपञ्चमीसम्म जनकपुर आईपुग्ने कार्यक्रम रहेको बताइएको थियो ।

२०७६ मंसिर ८ आइतबार, दिउँसो ३:२४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । काठमान्डौंको पशुपतिनाथबाट सौहार्द एवम् धार्मिक, साँस्कृतिक प्रवद्र्धन हेतु निकालिएको साईकल यात्रीहरु आज जनकपुरधाम पुग्ने भएको छ ।
अहिले केही बेरमा जनकपुरधाम आईपुग्ने १ सय ७५ साईकल यात्रीलाई नेपाली कांग्रेसका केन्द्रिय उपसभापति तथा पुर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र नीधिले स्वागत गर्ने कार्यक्रम रहेको छ । नागरिक उडयन तथा पर्यटन मन्त्रालयको आयोजनामा राइड थ्रु सिन्धुलीगढी साईकल यात्राका यात्रीहरु काठमान्डौं र जनकपुरको सँस्कृतिसँग जोडने भएकोेले जनकपुरमा उनीहरुलाई स्वागत गरिने नेता नीधिले जानकारी दिए ।
न्यूज ब्यूरोसँग कुराकानी गर्दै नेता नीधिले भने, "काठमान्डौंको पशुपतिनाथ मन्दिरबाट विश्वप्रसिद्ध साईकल यात्रीहरु जनकपुरको लागि प्रस्थान गरेको छ । एक त पशुपतिनाथ मन्दिर आफैं विश्वसम्पदा सूचिमा सूचिकृत भएको सर्वविदितै छ । सिन्धुलीगढी पनि नेपालको पहिचान र ऐतिहासिक ठाउँ मानिएको छ र जनकपुर काठमान्डौंलाई सिन्धुली जोडने भएकोले पनि यो यात्रा निकालिएको छ । त्यसलाई पनि जनकपुर जस्तो ऐतिहासिक र धार्मिक शहरमा सँस्कृति प्रवद्र्धनकै लागि दिग्गज साईकल यात्रीहरु आउने भएपछि उनलाई जनकपुरवासीको तर्फबाट स्वागत गर्न चाहन्छु ।"
सहभागी साईकल यात्रीहरु पशुपतिनाथबाट गत शुक्रबार साँझ ४ बजे सिन्धुलीगढी हुँदै जनकपुरको लागि प्रस्थान गरेको थियो । अहिले केही बेरमा साईकल यात्रीहरु जनकपुर आईपुग्ने जनाइएको छ । श्रोतका अनुसार उनीहरु अहिले अपरान्ह ४ बजेसम्म जनकपुर पुगेपछि जनकपुरको राम मन्दिरमा उनीहरुलाई नेता नीधिले स्वागत गर्ने कार्यक्रम रहेको छ । यसअघि उनीहरु विवाहपञ्चमीसम्म जनकपुर आईपुग्ने कार्यक्रम रहेको बताइएको थियो ।
देशका दुई सांस्कृतिक, सामाजिक र धार्मिक धरोहरबिचको एकतालाई अझै प्रागण बनाउने यो यात्रा को समापन समारोहमा नेता नीधिले स्वागत गर्ने कार्यक्रम राखेका हुन् ।
काठमान्डौ र जनकपुरको साँस्कृतिक, धार्मिक मनोभावलाई जोडने हेतु तथा पर्यटन वर्ष २०२० को यात्रामा टेवा पुग्ने उदेश्यले राइड थ्रु सिन्धुली साईकल यात्राको आयोजना गरिएको हो । शुक्रबार नेपाल सरकारका नागरिक उडयन तथा पर्यटन मन्त्री योगेश भट््टराईले झण्डा देखाएर यात्रीहरुलाई विदाई गरेको थियो । विश्व प्रसिद्ध साइकल यात्री पुस्कर शाह र १० बर्सीय सुयोगमान सिंह बस्नेत सहित १ सय ७५ जना राइडर र ३८ जना ब्यबस्थापकहरुको सहभागीता रहेको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…