काठमाडौंमा आज रंगभेदविरुद्धको सभा : रयाली आउने क्रम जारी
विभिन्न ठाउँबाट ‘रंगभेद जघन्य अपराध हो, यसलाई निर्मूल गरौं’ लेखिएको ब्यानरसहित र्याली आउने क्रम जारी रहेको छ ।

२०७६ मंसिर ७ शनिबार, दिउँसो १२:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आज काठमाडौंमा रंगभेद विरुद्ध सभा तथा झाँकी प्रदर्शन गर्दैछ ।
मधेशी लगायतका समुदाय उपर रंगको आधारमा हुने विभेद अर्थात् रंगभेद विरुद्धको अभियान स्वरुप काठमाडौंस्थित भृकुटीमण्डपमा आयोजना गरिएको सो कार्यक्रममा विभिन्न स्थानबाट ठूलो संख्यामा सर्वसाधारण सरिक हुँदैछन् । कार्यक्रमको प्रमुख वक्ता जनमत पार्टीका अध्यक्ष डा. राउत रहनेछन् ।
राजनीतिक उद्देश्यका लागि नभई मानवीय भावनाले आयोजना गरिएको कार्यक्रमलाई रंगभेदविरुद्ध एकतासभा तथा तथा सांस्कृतिक विविधता झाँकी प्रदर्शन नाम दिइएको छ । कुनै पनि व्यक्तिमाथि उसको छालाको रंगकै आधारमा विभेद हुन नहुने र यो दण्डनीय अपराध रहेकाले त्यसप्रति सचेतना जगाउनका लागि कार्यक्रम केन्द्रित हुने जनाइएको छ ।
केही बेरमै सुरु हुन लागेको कार्यक्रममा अहिले विभिन्न ठाउँबाट ‘रंगभेद जघन्य अपराध हो, यसलाई निर्मूल गरौं’ लेखिएको ब्यानरसहित र्याली आउने क्रम जारी रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…