धनुषामा चिसोले लियो दुईको ज्यान
जनकपुरधाम, २३ पुस । तराई मधेसमा वायू परिवर्तनसँगै बढेको शितलहर र अत्यधिक चिसोकै कारण धनुषामा अहिलेसम्म दुई जनाले ज्यान गुमाएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै धनुषामा चिसोकै कारण आगोमा जलेर दुई महिलाको मृत्यू भएको हो । मृत्यू हुनेमा मिथिलाबिहारी नगरपाल

२०७४ पुस २३ आइतबार, बेलुकी ५:२२ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २३ पुस । तराई मधेसमा वायू परिवर्तनसँगै बढेको शितलहर र अत्यधिक चिसोकै कारण धनुषामा अहिलेसम्म दुई जनाले ज्यान गुमाएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै धनुषामा चिसोकै कारण आगोमा जलेर दुई महिलाको मृत्यू भएको हो ।
मृत्यू हुनेमा मिथिलाबिहारी नगरपालिका वडा नं। ७ तारापट्टि बस्ने राम देव दासको श्रीमती वर्ष ४० की गिता देवी दास र कमला नगरपालिका वडा नं। ९ दुवरकोट बस्ने राम सोगारत मण्डलको श्रीमती वर्ष ५५ की श्यामा देवी मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उनीहरु अत्यधिक चिसोले गर्दा आफनै घरमा आगो तापिरहेको बेला शरिरमा आगो सल्की जलेर गम्भिर घाइते भएकी थिइन भने उपचारको लागि अस्पतालमै मृत्यू भएको प्रहरी प्रवक्ता डिएसपी प्रविन घितालले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…