विवाहमञ्चमीमा विश्वप्रसिद्ध साईकल यात्रीको लस्कर जनकपुर आउँदै
तराई, पहाड र हिमाललाई एक सुत्रमा बाँधिनुका साथै नेपालको साँस्कृति प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास

२०७६ मंसिर ६ शुक्रबार, दिउँसो ४:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नागरिक उडयन एवम् पयर्टन मन्त्रालयको आयोजनामा 'राइड थ्रु सिन्धुलीगढी' का साईकलयात्रीहरु जनकपुर आउने भएको छ ।
आगामी मँसिर १५ गते जनकपुरमा अति धुमधामका साथ मनाइने रामजानकी विवाहमहोत्सवकै दिन विश्वप्रसिद्ध साईकल यात्री पुस्कर साह सहितका लस्कर जनकपुर आईपुग्ने जनाइएको छ । नेपाल सरकारका पर्यटनमन्त्री योगेश भट्टराईले काठमान्डौंको पशुपतिनाथ मन्दिरबाट साईकलयात्रीहरुलाई एक समारोहबीच विदाई गरेका हुन् । उनीहरु काठमान्डौं हुँदै विपी राजमार्ग मार्फत सिन्धुलीगढी हुँदै जनकपुरसम्म पुग्ने कार्यक्रम रहेको छ ।
काठमान्डौको पशुपतीबाट आज बिहान शुरु भएको सम्पदा साइकल यात्रा ऐतिहासिक सिन्धुलीगढी हुँदै प्रसिद्ध सांस्कृतिक स्थल जनकपुरमा पुगेर समापन हुने मन्त्री योगेश भट्टराईले आफ्नो फेसबुकमा लेखेका छन् । उनले विश्व प्रसिद्ध साइकल यात्री पुस्कर शाह र १० बर्सीय सुयोगमान सिंह बस्नेत सहित १ सय ७५ जना राइडर र ३८ जना ब्यबस्थापकहरुको सहभागीता रहेको जनाएको छ ।
ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थलहरुको प्रबर्द्धन हुनका साथै नेपाल भ्रमण बर्ष २०२० लाई पनि बिशेष सहयोग पुग्ने अपेक्षा सहित उनीहरुलाई काठमान्डौंको पशुपतिनाथबाट खादा र टिका लगाएर विदाई गरेका हुन । केही बेर पर्यटनमन्त्री भटट्राई स्वयम आफैं साईकल चढेर राइट थ्रु सिन्धुलीगढी साईकल सौहार्द यात्राको उदघाटन गरेका थिए ।
यसबाट तराई, पहाड र हिमाललाई एक सुत्रमा बाँधिनुका साथै नेपालको साँस्कृति प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…