काठमान्डौंको गल्ली-गल्लीमा “डा. सिके राउत”
उक्त रँगभेदी दिवसमा काठमान्डौंमा रहेको लाखौं मधेशी समुदाय सहभागी हुने जनाइएको छ ।

२०७६ मंसिर ५ बिहीबार, बिहान ९:४१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । तत्कालिन स्वतन्त्र मधेश गठबन्धनका सँयोजक एवम् हाल जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत काठमान्डौंको गल्ली गल्लीमा देखिएको छ ।
मँसिर ७ गते शनिबार काठमान्डौंको टुडिंखेल मैदानमा हुन लागेको रँगभेद विरुद्ध दिवसको अवसरमा डा. सिके राउतले सम्बोधन गर्ने भएपछि प्रचार प्रसार तीव्र पारिएको हो । काठमान्डौंको साना देखि ठुल ठुला गल्ली, बजार, सार्वजनिक सवारी साधन, पोल, आकाशे पुल, पुल, पसल, तरकारी बजार, कवाडखानासम्ममा पर्चा पम्पलेट र पोष्टर छयाप्प छयाप्पी भरिएको छ । कुनै बेला सरकारले मधेशीहरुसँग रँगको आधारमा विभेद गरेको भन्दै अलगै मधेश बनाउने अभियानमा लागेका डा. राउत मूलधारको राजनीतिमा अवतरण गरेपनि मधेश र मधेशीको मुद्दालाई बरकरार राखेको देखिएको छ ।
काठमान्डौंमा रँगको आधारमा मधेशी समुदायसँग गर्ने व्यहावहारको विरुद्धमा प्रत्येक वर्ष मँसिर ७ गते रँगभेदी दिवस मनाउँदै आएको छ । यसपाली काठमान्डौंकै टुडिँखेल मैदानमा विहान ११ बजेदेखि डा. सिके राउत स्वयमं सम्बोधन गर्ने भएपछि भारी सँख्यामा काठमान्डौंमा बस्ने मधेशी समुदायहरु उपस्थिति हुने बुझिएको छ । उक्त रँगभेदी दिवसमा काठमान्डौंमा रहेको लाखौं मधेशी समुदाय सहभागी हुने जनाइएको छ ।
काठमान्डौंमा बर्षौदेखि बस्दै आएको मधेशी समुदायहरुसँग रँगकै आधार गरिने दुरव्यहारलाई अन्त्यको लागि रँगभेदी दिवस मनाउने गरिएको जनमत पार्टीका सदस्य एवम् डा. सिके राउत निकट जेपी साहले जानकारी दिए । साहका अनुसार, रँगकै आधारमा मधेशी समुदायसँग काठमान्डौंमा काम गराएर ज्याला नदिने, सार्वजनिक सवारी साधनमा दुरव्यवहार गर्ने, सधैं हेपाहा प्रवृति राख्ने जस्ता तत्वलाई अन्त्य गर्नको लागि रँगभेदी दिवस मनाउन लागिएको हो ।
यस कार्यक्रममा गैर आवासीय मधेशी संघ अंतराष्ट्रीय समितिका अध्यक्ष बसन्त कुशवाहा पनि सहभागी हुने जनाईएको छ।
रँगकै आधारमा कोही अमानवीय नभएको बताउँदै उनले रँग जे जस्तो भएपनि २१ औं शताब्दीमा मानवसँग मानवीय व्यवहार होस र सबै मानव एक समान हुन भने सन्देश दिने हेतु रँगभेदी दिवस मनाउन लागिएको हो । काठमान्डौंमा विभिन्न ठाउँमा रँगकै आधारमा गरिने व्यवहार फरक फरक भएकोले आफ्नै देशको सीमाका सीपाहीसँग गर्ने व्यवहार पनि अमानवीय रहेको भन्दै यस विरुद्ध मधेश र मधेशी समुदाय एक सन्देश दिने जनाइएको छ ।
वैज्ञानिक समेत रहेका डा. सिके राउत मधेशी समुदायसँग नियमित रुपमा काठमान्डौंमा हुने बोली बचनको दुरव्यहार, आचरणको व्यवहार, दुरव्यवहारलाई अन्त्य गरी सबै मानव एक स्व्तन्त्र रुपमा जिउन पाउने अधिकार रहेको बताए । मँसिर ७ गते टुँडिखेल मैदानमा हुने सो रँगभेदी दिवसको लागि हजार बढीको सँख्यामा स्वयंसवेक खटाइएको जनाइएको छ । अहिले लाउडस्पीकर, पर्चा, पम्पलेट, बैनर, पोष्टर , माईकिँग मार्फत रँगभेदी दिवसमा सहभागी हुन अपिल गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…