'मधेशी' लाई परिभाषित गर्न राष्ट्रपति समक्ष मधेशी आयोगको अर्जी
तराईका विभिन्न जिल्लामा आफूले गरेका गतिविधि र सरकारलाई दिएका सिफारिसको सूची वार्षिक प्रतिवेदनमा उल्लेख

२०७६ मंसिर ३ मंगलबार, राति ८:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालको संविधानमा भएको व्यवस्थाअनुसार गठित मधेशी आयोगले मधेशी समुदायको पहिचान अझै अस्पष्ट भएको भन्दै उक्त समुदायअन्तर्गत पर्ने थरहरूलाई सूचीकृत गरी मधेशीलाई परिभाषित गर्न सरकारलाई आग्रह गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमवार बुझाइएको प्रतिवेदनमा विभिन्न सिफारिस गरिएको छ। मधेशी समुदायको पहिचानलाई स्पष्ट पार्नेबाहेक तराईका कतिपय समस्या हल गर्न पहल गर्नुपर्ने भनी ध्यानाकर्षण पनि गराइएको छ। आयोगले कुन कुन जातिलाई मधेशी मान्ने त्यसबारे सबै निकायलाई परिपत्र गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
साथै विवाद भएका खण्डमा कुन व्यक्ति मधेशी हो वा होइन भन्नेबारे अन्तिम निर्णय गर्ने अधिकार आफूलाई दिइनुपर्ने उल्लेख छ। तीन महिनाअघि विजयकुमार दत्त अध्यक्ष नियुक्त भएपछि आयोगले आफ्नो काम थालेको थियो। उसले तराईका विभिन्न जिल्लामा आफूले गरेका गतिविधि र सरकारलाई दिएका सिफारिसको सूची वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ।
तर अहिलेसम्म आयोगले पूर्ण स्वरूप पाइसकेको छैन। आयोगमा अझै चार सदस्यको नियुक्ति हुन बाँकी छ।
समाचार श्रोत :बिबिसी नेपाली
Origional Link : https://www.bbc.com/nepali/news-50470073?fbclid=IwAR0fZ_Sm0wxOFkzTnZs23Fd3b21YfN5T7MJlQPZncgjF3zeD9Je7gakd2S0
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…