आन्तरिक राजश्व कार्यालय जनकपुरका तीन अधिकृतलाई सम्मानसहित विदाई
न्यूज ब्यूरो, जनकपुरधाम । आन्तरिक राजश्व कार्यालय जनकपुरमा कार्यरत अधिकृतहरुको कार्यकाल सकिएपछि भव्य रुपमा विदाई गरिएको छ । राजश्व कार्यालय जनकपुरमा कार्यरत कर अधिकृत रामप्रकास महतो, युक्तप्रसाद सुबेदी, नरेश राउतलार्ई भव्य विदाई गरिएको हो । उनीहरुले जनकपुरबाट नेपाल सरकारको राजश्व संकलनमा अतुलनीय योग

२०७६ कार्तिक ३० शनिबार, बिहान ८:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आन्तरिक राजश्व कार्यालय जनकपुरमा कार्यरत अधिकृतहरुको कार्यकाल सकिएपछि भव्य रुपमा विदाई गरिएको छ ।
राजश्व कार्यालय जनकपुरमा कार्यरत कर अधिकृत रामप्रकास महतो, युक्तप्रसाद सुबेदी, नरेश राउतलार्ई भव्य विदाई गरिएको हो । उनीहरुले जनकपुरबाट नेपाल सरकारको राजश्व संकलनमा अतुलनीय योगदान गरेको भन्दै भव्य सम्मान गरेर विदाई गरिएको छ ।
उनीहरुले आफ्नो कार्यकालमा करदाता, कर सहयोगी, लेखा परिक्षकसँग ईमानदारिता, मित्रता,नैतिकता, निष्ठावान, सल्लाह, सुझावसाथै नेपालको राजश्व संकलनमा उल्लेखनीय योगदान गरेका छन् । जनकपुरबाट सरुवा भएका तीनैजनालाई दोसला, जनकी मन्दिरको प्रतिमासहित फुलको मला लगाएर सम्मानसहित विदाई गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…