सीमा रक्षा सैनिक र सिंहदरबारले होइन, मधेशीले गरेका हुन् : डा. सिके राउत
डा. राउतले लेखेका छन्, ‘त्यही दिनहुँ अपमानित, अपहेलित र शोषित हुने मधेशीहरुले सीमा रक्षा गरेका हुन् । सवा करोड देव नारायण यादवहरुले गरेका हुन् ।’

२०७६ कार्तिक २५ सोमबार, बेलुकी ७:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सैनिक ब्यारेक र सिंहदरबारले सीमा रक्षा गर्न नसकेको बताएका छन् ।
भारतले हालै कालापानी क्षेत्रको नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालमा विरोध भइरहेका बेला राउतको यस्तो प्रतिक्रिया आएको हो । सीमाना भूगोलको रेखांकनले मात्रै नबन्ने भन्दै उनले सीमाको रक्षा सीमानामा बस्ने बासिन्दाहरूले गरेको दावी गरेका छन् ।
कञ्चनपुर जिल्लाको बनवासा बोर्डर र चाँदनी दोघारा नजिक सीमास्तम्भमा लिइएको फोटो समाजिक संजाल फेसबूकमा हाल्दै उनले लेखेका छन्, ‘सीमाना भूगोलको रेखांकनले मात्रै बन्दैन । जनतालाई अपनत्वको बोध हुनु अपरिहार्य नै हुन्छ । सैनिक ब्यारेक र सिंह दरबारले सीमा रक्षा गरेका होइनन्, न त सडकमा प्लाकार्ड लिएर चुनाव अघि प्रदर्शन गर्नेहरुले । सीमाको रक्षा त त्यही सीमानामा बस्ने बासिन्दाहरूले गरेका हुन् । त्यही दिनहुँ अपमानित, अपहेलित र शोषित हुने मधेशीहरुले गरेका हुन् । सवा करोड देव नारायण यादवहरुले गरेका हुन् ।’
नेपाल सरकारसँग सहमति गरेर मूलधारको राजनीतिमा आएका डा. राउत पछिल्लो समय पार्टीको सांगठनिक कार्यमा सक्रिय छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…