जनकपुरमा ओली र मोदीको पुतला दहन
तराई मधेशको विभिन्न जिल्ला सहित देशैभरि भारतको विरोधमा प्रदर्शन, जुलुस, पुलता दहन जस्ता कार्यक्रमहरु गरिएको छ ।

२०७६ कार्तिक २४ आइतबार, बेलुकी ५:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको केही भूभाग मिचेको भन्दै जनकपुरमा प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरिएको छ ।
नेकपा क्रान्तिकारी माओवादीको अगुवार्एमा जनकपुरमा दुवै देशका प्रधानमन्त्रीको पुतला दहन गरिएको हो । आईतबार अपरान्ह मोहन वैद्य किरण नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी र जनगणतान्त्रिक मोर्चा धनुषाले संयुक्तरुपमा दुवै देशका प्रधानमन्त्रीको पुत्ला जलाएको हो ।
नेपालको लिपुलेक, कालापानी भूभागलाई भारतले नयाँ नक्साकनमा समेटेपछि पनि सरकारले केही नबोलेको भन्दै विरोध स्वरुप पुतला दहन गरेको हो । यसअघि नेपाली काँग्रेस निकटका नेपाल विद्यार्थी संघका पदाधिकारीहरुद्धारा जनकपुरमा गो ब्याक इण्डियाको नारा लगाएको थियो । आईतबार अपरान्ह नेकपा क्रान्तीकारीको अगुवाईमा प्रधानमन्त्री ओली विरुद्ध प्रदर्शन गर्दै जनकपुरको जनकचोकमा पुतला दहन गरेको हो ।
भारतको नयाँ नक्सामा नेपालको सीमा मिचेर नयाँ नक्सान गरेपछि अहिले देशमा उथलपुथल भएको देखिएको छ । तराई मधेशको विभिन्न जिल्ला सहित देशैभरि भारतको विरोधमा प्रदर्शन, जुलुस, पुलता दहन जस्ता कार्यक्रमहरु गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…