जनकपुरको जानकी मन्दिरमा आज दिपावली !
राम मन्दिर विजय उत्सव भनेर बैनर झुण्डाएर जानकी मन्दिरको प्राँगनमा दिपावली गरिएको हो ।

२०७६ कार्तिक २३ शनिबार, बेलुकी ६:३८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारतको युपी राज्य अयोध्यामा राम मन्दिर बनाउन भारतको सर्वोच्च अदालतले बाटो खोलिदिएपछि जनकपुरको जानकी मन्दिरमा दिपावली गरिएको छ ।
जानकी मन्दिरको आयोजनामा अयोध्यामा राम मन्दिर त्यही ठाउँमा बन्ने हरियो झण्डी अदालतले देखाएपछि जनकपुरमा खुसीयाली मनाउँदै दिपावली गरिएको हो । जानकी मन्दिरका महन्थको अगुवाई, विश्व हिन्दु परिषद्को अगुवाईमा राम सीताको अविरको चित्र बनाएर दिपावली गरिएको छ । विगत पाँच सय वर्षदेखि विवादित रहेको अयोध्याको राम मन्दिर प्रकरणमा आज भारतको सर्वोच्च अदालतले राम मन्दिर त्यही बनाउन बाटो खोलिदिएपछि खुसीयाली मनाइएको छ ।
यसअघि जानकी मन्दिरका उत्तराधिकारी छोटे महन्थ राम रोशन दास वैष्णवको अगुवाईमा जनकपुरमा लड्डु बाँडिएको थियो । जनकपुर र अयोध्याको पौराणिक सम्बन्ध रहेको भन्दै सम्बन्ध हिसाबले राम जनकपरको ज्वाई साहेब भएपछि उनको घर बन्ने पक्कापक्की भएपछि उनको ससुराली जनकपुरमा खुसीयाली मनाउँदै दिपावली मनाइएको छ । विश्व हिन्दु परिषद्को अगुवाईमा राम मन्दिर विजय उत्सव भनेर बैनर झुण्डाएर जानकी मन्दिरको प्राँगनमा दिपावली गरिएको हो ।
यद्यपी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टवीट गर्दै अदालतको यस फैसलालाई हारजीतको रुपमा नलिन आग्रह गरेका छन् । अदालतको फैसला अगावै उनले शुक्रबार टवीट गर्दै फैसला जस्तो सुकै आएपनि स्वागत गर्न आग्रह गर्दै यसलाई हारजीतको रुपमा नलिई खुसीयाली मनाउँदा अन्य कसैलाई असहज हुने गरी कुनै नारा जुलुस नगर्न आग्रह गरिएको छ ।
यता, जनकपुरका जागरुक युवाहरुमध्ये जानी खानले यसलाई विजयी उत्सवको रुपमा नलिन आग्रह गरेका छन् । न्यायलयको फैसलालाई सबैले सम्मानका साथ पालना गर्नुपर्ने आफ्नो प्रतिक्रिया दिँदै उनले हारजीतको रुपमा यस फैसलालाई नलिई फैसलाको सम्मान गरे सदभाव कायम रहने बताएका छन् । उनले भने, - "यदि जनकपुरमा यसलाई हारजीत र विजय उत्सवको रुपमा लिइएको छ भने त्यो विलकुलै गलत कुरा हो , यसलाई न्यायलको उत्तम फैसला मानेर खुसीयाली मनाउने बेग्लै कुरा हुन तर विजयउत्सव नाम दिनु सरासर गलत हो । त्यो भारतको मामिला हो र आस्थाको विषयमा कसैले दबाब दिन सकिदैन, जस्तै हाम्रो आस्था हो , त्यसै अन्य धर्मको पनि आस्था हो , आज आस्थाप्रतिको उत्तम फैसला आएको छ, स्वागत गरौ, सम्मान गरौं तर अन्य समुदायलाई तल देखाउने गरी विजयउत्सव जस्तो नगरौं । यो ऐतिहासिक फैसला हो, जनकपुरमा छाएको खुसियालीमा हामी पनि सहभागी छौं, न्यायलको फैसलाले आज बर्षौ पुरानो विवादलाई टुँगो लगाएको छ । यो खुसीको कुरा हो ।"
भारतको सर्वोच्च अदालतले विवादित जग्गामा राम मन्दिर निर्माणको लागि फैसला गरेको छ भने मुस्लिम समुदायको मस्जिद निर्माणको लागि अयोध्यामै अर्को ठाउँमा ५ एकड जग्गा उपलब्ध गराउन आदेश दिएको हो । यस निर्णयबाट दुवै पक्ष सन्तुष्ट भएका छन भने सदभाव समेत झन ठोस भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…