प्रदेश २ का प्रदेश प्रमुख परियारले सम्हाले पदभार
प्रदेश प्रमुख परियारलाई जनकपुरमा भव्य स्वागत गरिएको छ ।

२०७६ कार्तिक २० बुधबार, दिउँसो १२:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियारले आज (बुधबार) पदभार ग्रहण गरेका छन् ।
परियारलाई प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले जनकपुरस्थित कार्यालयमा स्वागत गरेका छन् । बुद्ध एयरको बिहानको जहाजमा जनकपुर अवतरण गरेका प्रदेश प्रमुख परियारलाई एयरपोर्टमै संघीय सरकारका मन्त्री उपेन्द्र यादव र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरे ।
प्रदेश प्रमुख परियार श्रीमती र नेपाली सेनाको निजी अंगरक्षकसहित जनकपुर पुगेका हुन् । प्रदेश प्रमुख परियारलाई जनकपुरमा भव्य स्वागत गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…