छठको अवसरमा प्रदेश २ मा दुईदिन सार्वजनिक विदा
यतिबेला सूर्यलाई अर्घ दिन तराई मधेशका नदी, तलाउ, पोखरी, इनारलगायतको जलाशय सिंगार्ने काम तीव्र रुपमा भइरहेको छ ।

२०७६ कार्तिक १५ शुक्रबार, दिउँसो २:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारले छठ पर्वको अवसरमा आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
यस पटकको छठ पर्व शनिबार र आइतबार परेको छ । शनिबार अस्ताउँदो सूर्यलाई र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदैछ । यसअघि संघीय सरकारले छठ पर्वको पहिलो दिन मात्रै विदा दिँदै आएको थियो ।
छठ पर्व कठोर पर्व भएको र दुबै दिन विदा दिनुपर्ने भन्दै प्रदेश सरकारले आफ्नो क्यालेण्डरमा छठमा दुई दिन विदा दिने उल्लेख गरेको छ । शनिबार स्वतः विदा हुने भएपनि छठ पर्वको अवसर पारेर शनिबार र आइतबार समेत प्रदेश सरकारले विदा दिएको छ ।
यतिबेला सूर्यलाई अर्घ दिन तराई मधेशका नदी, तलाउ, पोखरी, इनारलगायतको जलाशय सिंगार्ने काम तीव्र रुपमा भइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…