जनकपुर : काँग्रेस र समाजवादी पार्टीबीच कुटाकुट भएपछि...
करिब २०–२५ जनाको समुहमा आएका कांग्रेस कार्यकर्ता आमने सामने भिडन भनेपछि झडप भएको ।

२०७६ कार्तिक १४ बिहीबार, दिउँसो २:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा नेपाली काँग्रेस र समाजवादी पार्टीबीच कुटाकुट भएको छ ।
क्षीरेश्वरनाथ नगरपालिका वडा नं. १० रमदैया भवाडीमा नेपाली कांग्रेसको चियापान कार्यक्रम सकेपछि समाजवादी पार्टी र नेपाली कांग्रेस कार्यकर्ता बिच कुटाकुट हुँदा ९ जना घाईते भएका छन । धनुषा क्षिरेश्वरनाथ नगरपालिका रमदैया स्थित शुभ विजया दशमी, दीपावली तथा छठ पर्वको सुखद अवसरमा नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. ४ द्धारा बुधवार आयोजित शुभकामना आदान प्रदान तथा चियापान समारोह सकेपछि सामान ओसार पोसार गर्ने क्रममा समान्य विवाद हुँदा हुदैँ कुटाकुट भएको इलाका प्रहरी कर्यालय महेन्द्रनगरले जनकारी दिएका छन ।
कार्यक्रममा लगाइएको टेन्टको सामान पु¥याउने क्रममा भएको झडपमा राम हिद्रे यादव, सुकदेव यादव, राम बहादुर यादव, अमरेश कुमार यादव, श्याम यादव, उमेश यादव, संतोष यादव लगायतका व्यक्तिहरु घाइते भएका छन । घाइते समाजवादीका नेता सुकदेव यादवका अनुसार कार्यक्रम सक्न साथ कार्यकर्ता ओसारने क्रममा आफनो घर अगाडी उत्श्रङ्गखल नारा लगाउँदै जाँदा पनि हामीले केही नबोलि चुपचाप बसेका थियौं तर अन्तिममा आफनो नाम नै किटान गरी नारा लगाउन थालेपछि सामान्य झडप भएको थियो तर पछि करिब २०–२५ जनाको समुहमा आएका कांग्रेस कार्यकर्ता आमने सामने भिडन भनेपछि झडप भएको बताए ।
त्यस्तै, अर्को तिर कांग्रेस कार्यकर्ताको अनुसार हाम्रो कार्यक्रम सकेपछि सामान पु¥याउने क्रममा आफनो कार्यकर्तालाई विचबाटोमो अवरोध खारा गरेपछि झडप भएको बताएका छन । झडपमा घाइतेहरुको रमदैया स्थित रहेको जानकी मेडिकलमा उपचार भइरहेको छ भने सामान्य घाइतेहरु स्थानिय किलनिकमा उपचार पछचात घर फर्केका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…