पर्यटन वर्ष २०२० जनकपुरैबाट सुरुवात हुँदै : मन्त्री भट्टराई
जनकपुरधाममा विवाह गर्न चाहनेहरुका लागि आकर्षक विवाह मण्डपको निर्माण गर्न जरुरी

२०७६ कार्तिक १३ बुधबार, दिउँसो २:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन वर्ष २०२० को शुरुवात विहिबार कार्तिक १४ गतेदेखि जनकपुरबाटै गर्न लागेको जानकारी गराएका छन् ।
धार्मिक तथा सांस्कृतिक शहर जनकपुरधामवाट शुरुवात गर्न लागेको जनाउँदै मन्त्री भट्टराईले पर्यटकीय प्रर्वद्धनका लागि अन्तरप्रदेश हवाई सेवा सञ्चालन तथा जनकपुरधामदेखि पशुपतिनाथ, पशुपतिनाथदेखि मुक्तिनाथ र मुक्तिनाथदेखि दामोदर कुण्डसम्म हवाई मार्ग विस्तार गर्ने गृह कार्य भइरहेको स्पष्ट पारे ।
मुलुकको समृद्धिको अधार पर्यटन भएको र पर्यटनका लागि पूर्वाधारहरुको निर्माण गरिने क्रम मुलुकमा तीब्रगतिका साथ भईरहेकाले नेपाल सरकारले पर्यटन वर्ष एक दशकसम्म मनाउने तयारीमा रहेको औल्याउँदै संघीय सरकारले अन्तरप्रदेश हवाई उड्डानका लागि गृहकार्य गरिसकेको दाबी गरे । मन्त्रालयले सार्वजनिक गरेको एक सय ४१ बुदे कार्ययोजनामा जनकपुर विमानस्थललाई क्षेत्रिय अन्तर्राष्ट्रिय विमान स्थलको रुपमा स्तरोन्नति गर्ने उनले औल्याए ।
जनकपुरधाममा विवाह गर्न चाहनेहरुका लागि आकर्षक विवाह मण्डपको निर्माण गर्न जरुरी रहेको बताउँदै यसको निर्माणले जनकपुरधाममा विवाह गर्न चाहने विश्वका बिशिष्ट व्यक्तिहरुको ओईरो नै लाग्ने बिश्वास समेत व्यक्त गरे । प्रदेश नंं २ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश रायले पर्यटन वर्ष २०२० लाई सफल बनाउनका लागि प्रदेश सरकारले हरेक प्रकारले सहयोग गर्नका लागि तयार भएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…