सप्तरीमा मोटरसाईकल दुर्घटनामा परी एकको मृत्यु, एक घाइते
न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सप्तरीको फत्तेपुर भित्रि सडक खण्डअन्तर्गत् सप्तरीको सप्तकोशी नगरपालिका–५ स्थित गङ्गाजली टोलमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सप्तकोशी नगरपालिका–१ नयाँ बजार वस्न

२०७६ कार्तिक ११ सोमबार, दिउँसो २:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
सप्तरीको फत्तेपुर भित्रि सडक खण्डअन्तर्गत् सप्तरीको सप्तकोशी नगरपालिका–५ स्थित गङ्गाजली टोलमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सप्तकोशी नगरपालिका–१ नयाँ बजार वस्ने असर्फी शर्माको ३५ बर्षीय छोरा राजेश शर्मा रहेका छन् ।
कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को ३३ प ५२७ नम्बरको मोटरसाइकल सप्तकोशी नगरपालिका–५ स्थित गङ्गाजली टोलमा दुर्घटना भएको थियो । सोही मोटरसाइकल दुर्घटनामा परी चालक सप्तरीको कञ्चनरुप नगरपालिका–११ ठेलिया बस्ने अन्दाजी २६ बर्षीय दिपेशकुमार गोजेवार घाइते भएका छन् ।
दुर्घटनामा परी उनको टाउको फुटेको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…