वीरगँजमा भिषण आगलगी !
यसबारे थप जानकारी आउन बाँकी छ ।

२०७६ कार्तिक ९ शनिबार, राति ९:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । वीरगँजको तरकारी बजारमा आज (शनिबार) भिषण आगलगी भएको छ ।
वीरगँज महानगरपालिका वडा नं. १६ स्थित रहेको नगवा माइदिया पोखरी नजिकैको कुनामा रहेको दाउरा तथा तरकारी गोदाममा भिषण आगलगी भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार आगलगी भएपनि आगलगी कसरी भएको बारे यकिन हुन नसकेको हो । आगलगीबाट भीषण क्षति भएपनि क्षतिको विवरण भने आउन नसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीका अनुसार आगो करिब ८ः०० बजेको समयमा लागेको र नगरपालिकाको दमकल तथा नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको हो । यसबारे थप जानकारी आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…