प्रदेश नं. २ को नाम 'मधेश प्रदेश' हुन्छ : मुख्यमन्त्री राउत
नेकपाले प्रदेशको नाम जानकी प्रदेश राख्नुपर्ने सहित राजधानी धनुषा जिल्लालाई नै राख्ने प्रस्ताव पेश गरेको हो ।

२०७६ कार्तिक ७ बिहीबार, राति १०:३९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउत गद्दीले प्रदेश नं. २ को नाम मधेश प्रदेश नै राखिने जीकीर गरेका छन् ।
२ नम्बर प्रदेश भनेर व्यापक आलोचना भएपछि नामाकरणको प्रसँगमा विहिबार जनकपुरमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश नं. २ को नामाकरण मधेश हुने दाबी गरेका छन् । प्रदेश २ सरकारले आज (बिहीबार) आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रदेश सभामा प्रस्ताव गइसकेकाले प्रदेशको नाम अविलम्ब मधेश नाम राखी घोषणा हुने बताएका छन् ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रदेश २ लाई दुई नम्बरी ट्यागबाट चाँडो मुक्त गर्न सुझाव दिएपछि उनले यस्ते बताएका हुन् । यादवले ‘यथासम्भव चाँडो प्रदेशको नामकरण गरी ‘दुई नम्बरी ट्याग’ बाट मुक्त गर्न’ सुझाव दिएका थिए ।
झण्डै २ महिना अघि नै प्रदेशसभामा प्रदेशको नाम र स्थायी राजधानीबारे प्रस्ताव पेस भएपनि अहिलेसम्म टुँगो लगाएर सार्वजनिक भने गर्न सकिएको छैनन् ।सत्तापक्ष समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरको लागि प्रस्ताव दर्ता गराएका हुन भने नेकपाले प्रदेशको नाम जानकी प्रदेश राख्नुपर्ने सहित राजधानी धनुषा जिल्लालाई नै राख्ने प्रस्ताव पेश गरेको हो ।
प्रदेश २ को नाम 'मधेश प्रदेश' लगभग पक्का, राजधानी कता ?
तिनै दल मिलेर दुई तिहाईको लागि चाहिने ७२ मत बाट पनि ८७ हुन गई प्रदेशको नाम (मधेश प्रदेश र राजधानी नयाँ जनकपुरधाम हुने पक्कापक्की भएको थियो । प्रदेशको नाम मधेश प्रदेश सहित राजधानीको लािग नयाँ जनकपुरधाम–मिथिला परिक्रमा मार्ग सहित हालको जनकपुरधाम देखि ढल्केवर राजमार्गको दक्षिण हुदै कमला सम्म र दक्षिणमा धनुषा जिल्लाको भारतिय सिमाना सम्म राजधानीको क्षेत्र तय हुने भनेर बताइएको थियो ।
सत्तासिन दल समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश २ को नाम ‘मधेश’ राख्ने संयुक्त प्रस्ताव दर्ता गराएको झण्डै २ महिना बितेको छ । गत भदौ ५ गते दलहरुले प्रदेशको राजधानी जनकपुरधाम, मिथिला माध्यमिकी सडक र धनुषा जिल्लाको उत्तरमा ढल्केबार राजमार्ग छुँदै पूर्वमा कमला नदी र दक्षिणमा नेपालको सीमासम्मको भागलाई राख्न प्रस्ताव दर्ता गराइसकेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…