ध्वनी प्रदुषण रोक्न माग गर्दै धनुषामा र्याली प्रदर्शन
महेन्द्रनगरका प्रहरी निरीक्षक (ईन्सपेक्टर) अमिर दाहालले ध्वनी प्रदुषण गरेर कोलाहल मचाउनेलाई कारवाही गरिनेसमेत बताए ।

२०७६ कार्तिक ७ बिहीबार, बिहान ८:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषामा बढ्दो ध्वनी प्रदुषण न्यूनिकरणका लागि र्याली प्रदर्शन गरिएको छ ।
धनुषाको महेन्द्रनगरमा ध्वनी प्रदुषणले आतंक मचाएपछि प्रहरी र प्यावसनको समन्वयमा र्याली प्रदर्शन गरिएको हो । चर्को आवाजमा डिजेमार्फत् गीत संगीत बजाएर ध्वनी प्रदुषण गराउने क्रम नरोकिएपछि सचेतनामूलक र्याली प्रदर्शन गरिएको कार्यक्रमकी अगुवा अभियन्ता विशाखा महतोले जनकारी दिइन् ।
ध्वनी प्रदुषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजमा गीत बजाउने गरेका कारण त्यहाँका विद्यायल र बासिन्दा मारमा परेको उनको भनाई छ । यसअघि अभियन्ता महतोले ध्वनी प्रदुषणबाट निम्तिने समस्या र न्यूनिकरणको आवश्कताबारे महेन्द्रनगरको विद्यालयहरुमा प्रशिक्षणसमेत दिएकी थिइन् ।
ध्वनी प्रदुषण कानुन विपरित भएको भन्दै यसलाई बन्देज गरेर सन्तुलित वातारण बनाइदिन उनीहरुले सरोकारबाला निकायसँग जोडदार मागसमेत गरेका छन् । र्यालीमा सहभागी ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक (ईन्सपेक्टर) अमिर दाहालले ध्वनी प्रदुषणको प्रयास सराहनीय भएको भन्दै प्रशंसा गरे ।
ईन्सपेक्टर दाहालले ध्वनी प्रदुषणको लागि अब एक्सनमा उत्रिने प्रतिवद्धता गरे । उनले ध्वनी प्रदुषण गरेर कोलाहल मचाउनेलाई कारवाही गरिनेसमेत बताए । ध्वनी प्रदुशष रोक्न डिजेको विरोधमा महेन्द्रनगरका विभिन्न विद्यालयका ६ सय बढी विद्यार्थी तथा शिक्षकहरु ब्यानर र प्लेकार्डसहित सडकमा उत्रेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…