सिरहामा सवारी दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर !
ठक्कर दिने ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले न्यूज ब्यूरोलाई जानकारी दिए ।

२०७६ कार्तिक २ शनिबार, बिहान १०:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा सवारी दुर्घटनामा परी एकजनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ स्थित मैनावति पूल नजिकै ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा गोलबजार–१२ का १८ वर्षीय दुर्गेश मुखिया रहेका छन् ।
शुक्रबार राती ९ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश–२–०२–००१ त. ०४४६ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको स. ११ प. ४६३७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको सिरहा प्रहरीले जनाएको छ । दुर्घटनाबाट गम्भीर घाइते मुखियाको गोलबजारको एक अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
सोही दुर्घटनामा मोटरसाईकल पछाडिमा सवार गोलबजार–१२ कै कृष्णा मुखिया गम्भीर घाइते भएका छन् । घाइते मुखियाको दाहिने कम्मर मुनिको भाग, अनुहार, बाँया खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ । उनको विराटनगरस्थित विराट नर्सिङ हस्पिटलमा उपचार भइरहेको छ । ठक्कर दिने ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले न्यूज ब्यूरोलाई जानकारी दिए ।

यस्तै, शनिवार बिहान करिब ८ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत चोहर्वास्थित नेपाली सेनाको ब्यारेक नजिकै ट्रकले मोटरसाईकललाई टक्कर दिँदा चालक गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना.६ ख ३७६४ नम्बरको ट्रकले स. ११ प. ३८१९ मोटरसाईकललाई टक्कर दिँदा मोटरसाईकल चालक २० वर्षीय नारायण श्रेष्ठ घाइते भएका हुन् ।
दुर्घटनामा परी खुट्टा फ्याक्चर भएर गम्भीर घाइते भएका श्रेष्ठको मिर्चैयास्थित मंगलम हस्पिटलमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…