धनुषामा गोली चल्यो !
तस्करले लुकाएर राखेको सामान बरामद गर्ने क्रममा अवरोध भएपछि प्रहरीले हवाई फायर गरेको हो ।

२०७६ कार्तिक १ शुक्रबार, राति १०:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाको निकाल गाउँमा प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ ।
शुक्रबार साँझ पौने ६ बजे तस्करले लुकाएर राखेको सामान बरामद गर्ने क्रममा अवरोध भएपछि प्रहरीले हवाई फायर गरेको हो । तस्करले स्थानीय महिला र बालबालिकालाई अघि सारेर सामान बरामद गर्न अवरोध गरेपछि प्रहरीले हवाई फायर गरेको जनाइएको छ । गाउँमा तस्करीको सामान भण्डारण गरेको सूचनाका आधारमा प्रहरी घटनास्थलमा पुगेको थियो । हवाई फायर गरेपछि सर्वसाधारण तितरवितर भएका थिए ।
बरामद गरिएको सामान अन्दाजी २५ लाख रुपैयाँ बराबरको हुनसक्ने प्रदेश २ का प्रहरी प्रमुख पद्युम्न कार्कीले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…