सिरहा बहिरा संघ प्रदेशको गौरब हो : मुख्यमन्त्री राउत
बहिरा संघको उन्नतिको लागि प्रदेश सरकार हरसम्भव सहयोग गर्ने प्रतिबद्धता समेत उनले जनाए ।

२०७६ असोज ३० बिहीबार, दिउँसो ४:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सिरहामा अवस्थित बहिरा संघ प्रदेशको गौरब रहेको बताएका छन् ।
सिरहा बहिरा संघको रजत जयन्ती महोत्सवको अबसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यो संस्था प्रदेशको लागि मात्र नभई मुलुककै लागि उदाहरण रहेको बताए । एकजनाको प्रयासले पनि यत्रो उपलब्धि प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बहिरा संघले प्रस्तुत गरेको भन्दै उनले संस्थाका अध्यक्ष गंगाराम यादवको प्रशंसा समेत गरे ।

बहिरा संघको उन्नतिको लागि प्रदेश सरकार हरसम्भव सहयोग गर्ने प्रतिबद्धता समेत उनले जनाए । कार्यक्रममा प्रस्तुत एउटामात्र खुट्टा भएकी रोमा पराजुलीको नृत्यलाई इगित गर्दै मुख्यमन्त्री राउतले इच्छाशक्ति भए जेपनि गर्न सक्ने र त्यसबाट फरक क्षमता भएका अन्य ब्यक्तिलाई पनि प्रेरणा लिनुपर्ने धारणा राखे ।
सो अवसरमा मुख्यमन्त्री राउतले रजत जयन्ती स्तम्भको अनावरण गर्नुका साथै शल्यकक्षको उद्घाटन समेत गरे । संघका अध्यक्ष गगाराम यादवको अध्यक्षतामा भएको उक्त समारोहमा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल, प्रदेशसभा सदस्य दिलिप साह, नरेश यादव, सिरहा नपाका मेयर अशेश्वर यादवसहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…