राजपाले आज गृहमन्त्री र पर्यटनमन्त्रीको पुतला दहन गर्दै, पर्सी धनुषा बन्द
यस्तै, बुद्ध एयरको दर्ता सम्झौता खारेज हुनुपर्ने मागसमेत राजपाको छ ।

२०७६ असोज ३० बिहीबार, बिहान १०:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफ्नो पार्टीका सांसदलाई झुठा मुद्दामा फसाएको भन्दै आज (बिहीबार) गृहमन्त्री र पर्यटनमन्त्रीको पुतला दहन गर्ने भएको छ ।
जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउण्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका संघीय सांसद प्रमोद साहको पक्राउको विरोधमा राजपा नेपालले पुतला दहनसहित आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । राजपा नेपालले आज अपरान्ह जनकपुरमा गृहमन्त्री रामबहादुर थापा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको पुतला दहन गर्न लागेको छ ।
राजपा नेपाल धनुषाको बुधबार बसेको बैठकले सांसद साहको रिहाई माग गर्दै भोली १ गते शुक्रबार जुलुस प्रदर्शन तथा २ गते शनिवार धनुषा जिल्ला बन्द गर्ने निर्णयसमेत गरेको छ । यस्तै, बुद्ध एयरको दर्ता सम्झौता खारेज हुनुपर्ने मागसमेत राजपाको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…