राजपा सांसद साहको सेवासुविधा स्थगित
यससँगै साहले संसद् सदस्यका रूपमा पाउने सेवासुविधा पाउने नभएका हुन् ।

२०७६ असोज २९ बुधबार, बेलुकी ७:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपा सांसद प्रमोद साहको सरकारी सेवासुविधा स्थागित भएको छ ।
यससँगै साहले संसद् सदस्यका रूपमा पाउने सेवासुविधा पाउने नभएका हुन् । संसद् सचिवालयले साह पक्राउ परेको जानकारीसम्बन्धी सूचना सूचनापत्रमा प्रकाशित गरेलगत्तै साहले सांसदका रूपमा गर्ने काम र पाउने सेवासुविधा स्थगित भएको हो ।
साह मंगलवार काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रकाउ परेका थिए । उनीमाथि अनुसन्धानका लागि आज (बुधवार) जिल्ला अदालत धनुषाले ४ दिनको म्याद थप गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…