जिप्रका सप्तरीमा राष्ट्रिय गान गाउँदै १७ जना थुनुवाद्धारा अनसन सुरु
सप्तरी प्रहरीले प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकारमाथी अंकुश लगाएको भन्दै अनसन सुरु गरेका छन् ।

२०७६ असोज २९ बुधबार, दिउँसो २:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । सप्तरी जिल्ला प्रहरीको हिरासतमा रहेका १७ जना हिरासतभित्रै अनसन सुरु गरेका छन् ।
अस्पताल तोडफोडको आरोपमा पक्राउ परेका युवकको रिहाईको माग गर्दै प्रदर्शनमा उत्रेपछि पक्राउ परेका १६ जनासहित १७ जनाले हिरासतभित्रै अनसन सुरु गरेका हुन् । सप्तरी प्रहरीले प्रर्दशन गर्न पाउने संविधान प्रदत्त अधिकारमाथी अंकुश लगाएको भन्दै जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका १७ जना थुनुवाले बुधवार बिहानदेखि अनसन सुरु गरेका छन् ।
दुईदिन अघि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा समयमा चिकित्सक नआएको आक्रोशमा केही युवाहरुले डाक्टरको नेमप्लेट तोडफोड गरेपछि प्रहरीले राजविराज–१ का युवा गुन्जन झालाई नियन्त्रणमा लिएको थियो । गुन्जनलाई प्रहरीले पक्राउ गरेको विरोध गर्दै उनको रिहाइको मागसहित मंगलवार साँझ प्रर्दशनमा उत्रेका युवाहरु मध्ये प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएका हुन् ।
गुन्जन र मंगलबार पक्राउ परेका १६ जना गरी कुल १७ जनालाई नै जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पक्राउ गरिएकाहरुले बुधबार बिहानदेखी खाना मानेका छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…