सांसद साहलाई ४ दिनको म्याद थप, बुद्ध एयरको कार्यालयमा तालाबन्दी
सांसद साहको रिहाईको माग गर्दै राजपाका नेता कार्यकर्ताहरुले मधेशका विभिन्न जिल्लामा आन्दोलन चर्काएका छन् ।

२०७६ असोज २९ बुधबार, बिहान ११:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर विमानस्थलमा बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपा सांसद प्रमोद साहलाई जिल्ला अदालत धनुषाले चार दिनको म्याद थप गरेको छ ।
काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मंगलबार पक्राउ परेका साहलाई बुधवार धनुषा जिल्ला अदालतमा पेस गरिएको हो । सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद साह प्लेन ढिलो हुँदा जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरमा तोडफोड गरेका थिए ।
उनीमाथि मैगलबार नागरिक उड्डयन प्राधिकरणले गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएको छ । यता, सांसद साहको रिहाईको माग गर्दै राजपाका नेता कार्यकर्ताहरुले मधेशका विभिन्न जिल्लामा आन्दोलन चर्काएका छन् ।
राजपाका कार्यकर्ताहरुले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको कार्यालयमा तालाबन्दीसमेत गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…