सांसद साह पक्राउको विरोधमा सुरु भयो आन्दोलन, जनकपुर तनावग्रस्त !
उनको पक्राउको विरोधमा जनकपुरसहित विभिन्न जिल्ला प्रदर्शन थालिएको छ ।

२०७६ असोज २९ बुधबार, बिहान ९:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काण्टर तोडफोडको आरोपमा पक्राउ परेका राजपा सांसद प्रमोद साहको पक्राउविरुद्ध आन्दोलन सुरु भएको छ ।
विमानस्थलमा विरामीको अवस्था हेर्न नसकेर आक्रोशमा आएर तोडफोडमा गरेका सांसद साहको रिहाईको माग गर्दै राजपाले आन्दोलन सुरु गरेको हो । उनको पक्राउको विरोधमा जनकपुरसहित विभिन्न जिल्ला प्रदर्शन थालिएको छ ।
राजपा नेपालका नेता कार्यकर्ताले बुधबार विहान जनकपुरको रामानन्दचोकमा टायर बालेर चक्काजाम गरेका छन् । विहान ८ बजेदेखि ९ बजेसम्म १ घण्टा चक्काजाम गरी उनीहरुले सांसद साहलाई विनासर्त रिहाइको माग गरेका हुन् । सांसद साह सोमबार जनकपुर विमानस्थलको वुद्ध एयरको काउण्टरमा तोडफोड गरेका थिए ।
सांसद साहलाई प्रहरीले मंगलबार दिउँसो काठमाडौंको त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरी जनकपुरमै ल्याइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…