सप्तरी अस्पताल तोडफोड प्रकरण : १६ प्रदर्शनकारी पक्राउ
अस्पतालका डाक्टरहरु चरम लापरवाही गर्न थालेपछि वेतिथिविरुद्ध बोल्न बाध्य भएको युवाहरुको भनाई छ ।

२०७६ असोज २८ मंगलबार, बेलुकी ७:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा तोडफोडको आरोपमा पक्राउ परेका गुञ्जन झाको रिहाईको गर्दै प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले १६ जना विद्यार्थी प्रदर्शनकारीलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । पक्राउ पर्नेमा एकजना महिला र अन्य पन्ध्रजना पुरुष रहेको सप्तरीका डिएसपी तथा प्रवक्ता तिलक भारतीले न्यूज ब्यूरोलाई जानकारी दिए ।
अस्पतालका डाक्टर जिम्मेवार नभएको भन्दै सोमबार बिरामीका आफन्त र युवाहरुको समूहले अस्पतालमा तोडफोड गरेका थिए । बिरामीका आफन्त र आक्रोशित युवाको समूहले दिउँसो २ बजेसम्म पनि हाडजोर्नी विशेषज्ञ डा. ज्ञानेन्द्र झा र डा प्रनेश यादव अस्पतालमा नआएको भन्दै अस्पतालमा तोडफोड गरेका हुन् ।
तोडफोडका कारण डा. झा र डा. यादवको बिरामी जाँच गर्ने कोठामा क्षति पुगेको छ । अस्पतालका डाक्टरहरु चरम लापरवाही गर्न थालेपछि वेतिथिविरुद्ध बोल्न बाध्य भएको युवाहरुको भनाई छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…