जनकपुर विमानस्थलमा सांसद साहको समर्थनमा नाराबाजी, झडपको सम्भावना
सांसद साहको समर्थनमा विमानस्थल बाहिर ‘बुद्ध एयर गो ब्याक, प्रहरी प्रशासन मुर्दाबाद’ लगायतका नाराबाजी भइरहेको छ ।

२०७६ असोज २८ मंगलबार, बेलुकी ५:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम विमानस्थलस्थित बुद्ध एयरको काउण्टरमा तोडफोडको अभियोगमा सांसद प्रमोद साह पक्राउ परेपछि विमानस्थलको अवस्था तनावग्रस्त बनेको छ ।
सांसद साह पक्राउ परेपछि उनका समर्थकहरुले विमानस्थलमा चर्को नाराबाजी गरिरहेका छन् । राजपा समर्थक र प्रहरीबीच त्यहाँ झडप हुने सम्भावनासमेत देखिएको छ ।
सांसद साहको समर्थनमा विमानस्थल बाहिर ‘बुद्ध एयर गो ब्याक, प्रहरी प्रशासन मुर्दाबाद’ लगायतका नाराबाजी भइरहेको छ । सांसद साहलाई रिहा नगरे राजपाले कडा जवाफ दिने चेतावनी दिएको छ ।
राजपाले आफ्नो सांसदलाई पक्राउ गरेकोमा घोर भत्र्सना गर्दै रिहाईको लागि माग गरेको हो । अन्यथा त्यसबाट उत्पन्न हुने असहज परिस्थितको लागि सरकार नै जिम्मेवार हुनुपर्ने विज्ञप्ति मार्फत् जनाएको छ ।
सांसद साहविरुद्ध जिल्ला प्रहरी कार्यालय धुनषामा सोमबार उजुरी परेसँगै उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले काठमाडौं विमानस्थलबाट पक्राउ गरेको हो । पक्राउ परेका साहलाई बुद्ध एयरकै विमानबाट जनकपुर ल्याइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…