कमला नदीको किनारमा जनयुद्धकालीन बम भेटियो !
बम डिस्पोजको लागि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगिसकेको छ ।

२०७६ असोज २७ सोमबार, बिहान ११:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा र धनुषाको सिमामा रहेको कमला नदीको किनारमा सकेट बम फेला परेको छ ।
सोमबार बिहान सिरहाको कर्जन्हा नगरपालिका–३ स्थित कमला खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा बम भेटिएको हो । बम गिटी तथा बालुवा चाल्ने कामदारले गिटी चाल्ने क्रममा बम जस्तो बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
फेला परेको बम कसैले नराखी जनयुद्धकालिन जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चर्तुवेदीले जानकारी दिए । बम डिस्पोजको लागि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगिसकेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…