रौतहटमा गोली हानी एकजनाको हत्या
घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको छ भने यसबारे विस्तृत आउन बाँकी छ ।

२०७६ असोज २६ आइतबार, बेलुकी ६:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटमा गोली हानी एकजनाको हत्या गरिएको छ ।
ईशनाथ नगरपालिका–६ मा एक अज्ञात समूहले चलाएको गोली लागेर एक २६ वर्षीय पुरुषको ज्यान गएको हो । मृतकको पहिचान भने खुल्न सकेको छैन । घिउराबाट जैयनगर तर्फ जाने बाटोमा क्रान्ति प्रावि नजिकै गोली हानिएको हो ।
भारतबाटै आएका व्यक्तिहरुले कुनै भारतीय नागरिकको हत्या गरेर फरार भएको हुन सक्ने प्रहरीको आशंका रहेको प्रहरी प्रवक्ता नवीन कार्कीले बताएका छन् । मृतकको साथबाट उनको पहिचान हुने कुनै बस्तु फेला नपरेको र हत्यामा प्रयोग भएको गोलीको खोका अत्याधुनिक हतियारको भएको प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको छ भने यसबारे विस्तृत आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…