जानकी मन्दिर सौन्दर्यीकरण : 'मार्बल ओछयाउने काम गुणस्तरयुक्त '
पार्किंगको व्यवस्था, चप्पल जुत्ता राख्ने स्थल, आकर्षक बगैँचा, मन्दिर वरिपरी अशोक वृक्ष लगाउने लगायतको योजना : भगवान झा

२०७६ असोज २५ शनिबार, दिउँसो २:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्वप्रसिद्ध जानकी मन्दिरमा भईरहेको सौन्दर्यीकरणको क्रममा लगाइरहेको मार्बल गुणस्तरयुक्त भएको रिपोर्ट सार्वजनिक गरिएको छ ।
जानकी मन्दिरको प्राँगनमा भईरहेको मार्बल ओछयाउने काम गुणस्तरीयहिन भएको भनेर जनकपुरका युवा अगुवाहरुले विरोध गरेपछि काम रोकिएपनि जाँच गरी ल्याएको रिपोर्ट अनुसार मार्बल ओछयाउने कार्य गुणस्तरयुक्त नै रहेको छ । प्रदेश दुईको मुख्यमन्त्री स्वच्छता अभियानका संयोजक भगवान झाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी मन्दिरमा भईरहेको मार्बल ओछ्याउने कार्य गुणस्तरयुक्त रहेको परिक्षण रिपोर्ट सार्वजनिक गरेका हुन् ।

स्थानीय युवाहरुले मार्बल गुणस्तरियहीन हुनुका साथै लगाउने कार्यमा पनि प्रविधि युक्त नभएको भन्दै तत्कालै काम पनि रोक्का गरेका थिए । युवाहरुकै आरोप पछि मुख्यमन्त्री स्वच्छता अभियानका पदाधिकारीहरुले मार्बल परिक्षणका लागि भारतको राजस्थनस्थित राहुल इन्जिनियर्स लैबोरेटरीमा पठाइएको थियो । लैबोरेटरीको परिक्षणबाट वाटर अवजर्वेशन ०.४० प्रतिशत हुनुपर्नेमा ०.२३ प्रतिशत, मार्बल थिकनेश कम्तीमा १६ एमएम हुनुपर्नेमा १८ एमएम, स्पेशिफिक ग्रैभिटी कम्तीमा २.५ हुनुपर्नेमा २.८६, कम्प्रेशिभ स्ट्रेन्थ कम्तीमा ५३०.२५ केजी प्रति स्क्वायर सेन्टिमिटर हुनुपर्नेमा ९४६ केजी प्रति स्क्वायर सेन्टिमिटर पाइएको दाबी रिपोर्टमा गरिएको हो ।
परिक्षणबाट सम्पूर्ण मानक ठिक रहेकोले जानकी मन्दिर सौन्दर्यीकरणको कार्य गुणस्तरयुक्त भईरहेको साबित भएको मुख्यमन्त्री स्वच्छता अभियानका संयोजक झाले दाबी गर्दै मन्दिर प्रांगणमा मार्बल ओछ्याउने कार्य भई सकेपछि ड्रेनेजको कार्य, मन्दिर दर्शनका सवारी साधन लिएर आउनेहरुका लागि पार्किंगको व्यवस्था, चप्पल जुत्ता राख्ने स्थल, आकर्षक बगैँचा, मन्दिर वरिपरी अशोक वृक्ष लगाउने लगायतको योजना रहेको थपे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…