जनकपुर : नेविसंघद्धारा आन्दोलनको चेतावनी
शुल्क फिर्ता नगरे कडा आन्दोलनमा जाने चेतावनी समेत दिएका हुन् ।

२०७६ असोज २४ शुक्रबार, राति ९:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कलेजहरु विरुद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
प्रदेश नं. २ अन्तर्गतको सिटिईभिटि मातहतमा सञ्चालनमा रहेको कलेजहरुले तोकिएको भन्दो चर्को शुल्क लिएर विद्यार्थी नामाँकन गर्ने गरेको भन्दै नेविसंघले त्यस्ता कलेजलाई कारवाहीको माग गर्दै सिटिईसिटीले तोके बमोजिमको शुल्क मात्र लिन माग गरेका छन् । सिटिईभिटीले तोकेको शुल्क भन्दा बढी रकम लिँदै अभिभावकलाई ढाड सेक्ने गरी शूल्कले आफूहरुको ध्यानाकर्षण भएको नेपाल विद्यार्थी संघ प्रदेश नं. २ का सँयोजक ईन्द्रजीत गोईतले जानकारी दिए ।
गोईतकै अगुवाईमा गएको नेविसंघको एक टोलीले सिटिईभिटीको जनकपुर स्थित कार्यालयमा ज्ञापन पत्र बुझाउँदै तोकेको शुल्क भन्दा बढी शूल्क लिन नपाउने माग गरेका छन् । उनीहरुले विद्यार्थीहरुसँग लिईएको चर्को मूल्य अर्थात तोकिएको भन्दा बढी शूल्क तत्कालै फिर्ता गर्न समेत माग गरेका छन् । शुल्क फिर्ता नगरे कडा आन्दोलनमा जाने चेतावनी समेत दिएका हुन् ।
सिटिईभिटीको केन्द्रीय कार्यालय सानोठिमी भक्तपुर र प्रादेशिक कार्यालय जनकपुरलाई बोद्यार्थ गर्दै नेपाल विद्यार्थी संघ महोत्तरीका अध्यक्ष आशुतोष (नविन) झा सहितको टोलीले ज्ञापन पत्र बुझाएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…