कृष्णबहादुर महरा सरकारी निवासबाटै पक्राउ
महिला कर्मचारीले बलात्कार प्रयासको आरोपमा महराविरुद्ध किटानी जाहेरी दिएपछि घटनाले नयाँ मोड लिएको छ ।

२०७६ असोज १९ आइतबार, बेलुकी ५:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
बलात्कार प्रयासको अभियोगमा किटानी जाहेरी परेपछि काठमाडौँ जिल्ला अदालतले पक्राउका लागि अनुमति दिए लगत्तै महरालाई प्रहरीले नियन्त्रणमा लिएको हो । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले बलात्कार प्रयासको आरोपमा महराविरुद्ध किटानी जाहेरी दिएपछि घटनाले नयाँ मोड लिएको छ ।
उक्त किटानी जाहेरीको आधारमा अदालतको अनुमतिपछि महरालाई सरकारी निवासबाटै आइतबार अपरान्ह प्रहरीले नियन्त्रणमा लिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…