जनकपुरधामको देवस्थान मन्दिरको सौन्दर्यकरण हुँदै
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ मा अवस्थित लक्ष्मण आखाडामा रहेको देवस्थान मन्दिरको सौन्दर्यकरणको समुद्घाटन गरिएको छ । शनिवार एक समारोहका बिच राजपाका प्रदेश सभा सदस्य परमेश्वर साहले मन्दिरको जगमोहन सौन्दर्यकरणको लागि समुद्घाटन गरेका हुन् । शहरी विकास आयोजना कार्यालयको कु

२०७६ असोज १८ शनिबार, राति ८:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ मा अवस्थित लक्ष्मण आखाडामा रहेको देवस्थान मन्दिरको सौन्दर्यकरणको समुद्घाटन गरिएको छ ।
शनिवार एक समारोहका बिच राजपाका प्रदेश सभा सदस्य परमेश्वर साहले मन्दिरको जगमोहन सौन्दर्यकरणको लागि समुद्घाटन गरेका हुन् । शहरी विकास आयोजना कार्यालयको कुल १० लाखको लागतमा उपभोतmा समिति मार्फत गरिएको सौन्दर्यकरण कामको समुदघाटन गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य साहले रामायण कालिन अवशेषको रुपमा रहेको मन्दिरको विकास, संरक्षण र सम्वद्वन आवयश्क रहेको बताए । कार्यक्रममा उपभोतmा समितिले प्रदेशसभा सदस्य साहलाई सम्मान समेत गरेको थियो ।
कार्यक्रममा उपभोतmा समितिका रामचन्द्र ठाकुर, वडा सदस्यहरु साजदा खातुन, रेखा मण्डल, रञ्जित साह र संतोष साह सहित विक्रम दास सहितको सहभागिता थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…