जनकपुर : चौधरी कन्सट्रक्सनको ८ ट्रिपर प्रहरीको कब्जामा
प्राविधिक टोलि खटाई मापदण्ड चेक जाँच गरि जरिवाना गरि मात्र केही गर्न मिल्नेछ ।

२०७६ असोज १७ शुक्रबार, बेलुकी ७:०८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । स्थानीय तहको सहमति विना अवैद्य रुपले उत्खनन गरिरहेको अवस्थामा धनुषा प्रहरीले ८ वटा ट्रिपर नियन्त्रण लिएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी स्थित एक विद्यालयको जग्गामा अवैद्य उत्खनन गरिरहेको सूचनाको आधारमा गएको प्रहरी टोलीले ८ वटा ट्रिपर नियन्त्रणमा लिएको छ । पूर्व पश्चिम राजमार्गको करिब ५ सय मिटर उत्तरपट्टि भित्र रहेको विद्यालयको ८५ विघा जग्गामा अवैद्य रुपले ग्राभेल उत्खनन गरिरहेको अवस्थामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ ।

मावि भिमान मुलाबारी विद्यालयको उक्त जमिनमा रहेको ग्राभेल विद्यालयका प्रधानाध्यापक प्रदीप सिँहको ईसारा र सहमतिमा ग्राभेल उत्खनन गरि टिफरमा लैजादै गर्दा विशेष सूचनाको आधारमा ट्रिपर सहित चालकलाई समेत पक्राउ गरिएको हो । प्रहरीका अनुसार, पक्राउ पर्ने ट्पिरहरु ना १ क ५४७१, ६१४९, ५४१६, ७१४३, ७१४१, ७१४२ नम्बर लगायतका रहेको छ । चौधरी कन्स्ट्रक्सनको ट्रिपर रहेको बताइएको छ ।
विद्यालयका प्रधानाध्यापक प्रदीप सिँहको आदेश अनुसार विद्यालयको जग्गामा रहेको ग्राभेल उत्खनन गरिएको टिर्पर चालकहरुले बताएपनि प्रअ सिँहले भने विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार उत्खनन गर्न दिएको दाबी गरेका छन् । निर्णय पत्रमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी नारायण मण्डलको हस्ताक्षर रहेको छ ।

विद्यालयको जमिनमा स्थानीय तहको विना आदेश र विना राजस्वकै उत्खनन गरेको सूचना पाएलगत्तै प्रहरी पठाएर पक्राउ गर्न लगाएको जानकारी मेयर मण्डलले दिए । उनले भने, - "मलाई जानकारी भएपछि प्रहरीलाई जानकारी गराई पक्राउ गरि नगरपालिकामा राखेको छु , ग्राभेल उत्खनन गरेको ठाउँमा नगरपालिकाबाट प्राविधिक टोलि खटाई मापदण्ड चेक जाँच गरि जरिवाना गरि मात्र केही गर्न मिल्नेछ ।"
ट्रिपर प्रहरीको नियन्त्रणबाट छुटाउनको लागि कैयौं फोन कल आएको बताउँदै मापदण्ड विपरित भए छाडन नमिल्ने मेयर मण्डलले बताए । मावि मुलाबारी भिमानको नाममा रहेको यज्ञभूमि ७ (क) ८३ बाट ग्राभेल उत्खनन भएको छ । विद्यालय व्यवस्थापन समितिले चौधरी कन्सट्रक्नसनसँग १ वर्षको लागि सम्झौता गरेको देखिएपनि सम्झौता रकम पार्दर्शी नभएको देखिएको छ । नियम कानुन मिचेर अवैद्य तरिकाले उत्खनन गरिएको पाइएको बताइएको छ ।
उक्त जग्गामा रहेको विभिन्न प्रकारको वोट विरुवा नष्ट पारेर उत्खनन गरेको हो । एकातर्फ अभियानीहरुले पर्यावरण बचाउनको लागि दैनिक रुपमा विरुवा लगाउन व्यस्त देखिएका छन् भने अर्का तर्फ व्यक्तिगत फाईदाको लागि केही जनप्रतिनीधिहरुले स्वयंम पर्यावरण विनास तर्फ लागेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…