धनुषाका सिडिओ कनेलले नाबालिक परिचय पत्र (नागरिकता) बाँडे
प्रजिअ कनेलले समाजिक कार्यमा समेत निरन्तर सहभागीता र सहयोग दिएर छवि निखार्न सफल भएका हुन् ।

२०७६ असोज १७ शुक्रबार, बिहान ९:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कनेलले बालबालिकाहरुलाई नाबालिक परिचय पत्र (नागरिकता सरह मानिने परिचयपत्र) वितरण गरेका छन् ।
जनकपुरको कबिर बात्सल्य अनाथ आश्रमका ९ जना बालबालिकाहरुलाई नाबालिक परिचय पत्र वितरण गरेका हुन् । १६ वर्ष मुनिका ९ जना बालबालिकाहरुलाई प्रजिअ कनेलले नियम तहत उक्त परिचय पत्र वितरण गरेका हुन् । जिल्ला प्रशासन कार्यालय धनुषालाई सुविधायुक्त र सर्वसाधारण सेवाग्राहीको लागि सहज बनाएर चर्चामा आएका प्रजिअ कनेलले उनीहरुलाई पनि साधारण जिवन जिउने अधिकार भएकोले कानुन तहत नाबालिक परिचयपत्र वितरण गरिएको जनाए ।
१६ वर्ष नाघिसकेपछि प्रक्रिया पुगाएर उनीहरुलाई वंशजको आधारमा नागरिकता समेत प्रदान गर्न बाटो खुल्ला गरिएको जनाउँदै सिडिओ कनेलले अझ ४ जना बालबालिकाहरुलाई विभिन्न प्रक्रिया पुगाएर नाबालिक परिचय पत्र वितरण गर्ने जानकारी दिए । "सबैलाई स्वतन्त्र पूर्वक बाँच्ने अधिकारलाई सँस्थागत गर्न आश्रमका बालबालिकाहरुलाई उक्त परिचय वितरण गरेको जनाए । यो नागरिकता सरह मानिने छ, यसबाट अन्य सबै कार्य गर्न पाउनेछन तर यो नागरिकता नै चैं होइनन ।"- उनले भने ।
नाबालिक परिचय पत्र पाएपछि उनीहरुले अब विमा गराउन, बच्चाको नाममा सम्पति किन्न, बैंक खाता खोल्न, टेलिकम सेवा प्रयोजन सहित नागरिकतबाट हुने अन्य सबै कार्यझैं कानुनन रुपमा नाबालिक परिचय पत्रबाट सुविधा लिन पाउने कानुनी व्यवस्था रहेको सुनाए । उनले भने, - "अब उनीहरुले बैंक खाता खोल्न सुविधा भयो, भोलीको दिनमा कसैले उनको नाममा सम्पति खरिद गर्न बाटो खुल्ला भयो , यो विल्कुल नागरिकता सरह नै हुन्छ ।"
प्रजिअ कनेलले समाजिक कार्यमा समेत निरन्तर सहभागीता र सहयोग दिएर छवि निखार्न सफल भएका हुन् । प्रदेश नं. २ को अन्य जिल्लामध्ये धनुषाका प्रमुख जिल्ला अधिकारी कनेललको चर्चा समाजिक कार्यले पनि हुने गरेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…