दशैंमै जनकपुर जाम
सप्तमी अष्टिमी तिथिसम्म बाटो सहज नभए राजदेवी पूजन हेतु जनकपुर आउने श्रद्धालुहरुलाई सास्ती हुने देखिएको छ ।

२०७६ असोज १६ बिहीबार, बिहान ११:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । दशैंमा जनकपुरमा तामझाम भएको बेला पूर्वबाट जनकपुर पस्ने बाटो बन्द भएपछि सर्वसाधारणलाई सास्ती भएको छ ।
धनुषाको पूर्वी क्षेत्रबाट हुलाकी सडक भएर जनकपुर पस्ने सर्वसाधारण यात्रुहरु अलपत्र परेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपिलेश्वर देखि वडा नं. २ कदमचोक जनकपुर पस्ने बाटो पूण रुपमा बन्द भएपछि सर्वसाधारणलाई सास्ती भएको छ । बाटो बन्द भएपछि सर्वसाधारणहरुले बैकल्पिक बाटोको रुपमा कपिलेश्वर देखि जलादपूल भएर आउने सर्वसाधारणहरु समेत कडा जामका कारण थप सास्ती भोग्नु परेको हो ।

कपिलेश्वर भएर जलादपूल हुँदै गिरिजा पथ पस्ने बाटो साँगुरो भएको र सवारी साधनको चाप बढी भएको कारण सर्वसाधारणहरुलाई थप समस्या भएको हो । जलाद पूलनिर प्रहरी, ट्राफिक प्रहरीको समेत पहरा भएपनि कडा रुपमा जाम हुन थालेको छ । पूर्वबाट बाटो बन्द भएपछि व्यापारिक दृष्टिकोणले समेत असर परेको देखिएको छ । आउँदो सप्तमी तिथि र अष्टमी तिथीमा जनकपुरमा चारैतर्फबाट विभिन्न ठाउँबाट प्रसाद तथा बोका बलीको लागि श्रद्धालुहरु आउने गर्दछन् ।
कपिलेश्वर र कदमचोक विद्यानगर बीचको हुलाकी सडक निर्माणधिन रहेको र अति जीर्ण भएको कारण सवारी आवतजावत सहित सिँगो व्यक्तिलाई समेत हिडन कठिनाई भएको हो । बाटोमा हिलैहिलो भएको कारण आम नागरिकलाई समस्या भएको हो । सप्तमी अष्टिमी तिथिसम्म बाटो सहज नभए राजदेवी पूजन हेतु जनकपुर आउने श्रद्धालुहरुलाई सास्ती हुने देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…