नेपाल यादव सेवा समितिको नयाँ कार्यसमिति छनोट, पाँचजना पुरस्कृत
नयाँ कार्यसमितिमा होनहार एवं सक्षम व्यक्तिहरु चुनिएका छन् ।

२०७६ असोज १३ सोमबार, दिउँसो १२:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपालका यदुवंशी अर्थात् यादवहरुको संगठन नेपाल यादव सेवा समितिको नयाँ कार्यसमिति छनोट भएको छ ।
नेपाल यादव सेवा समिति तथा राधाकृष्ण अतिथी सदन काठमाडौंको २३ औं साधारण सभाबाट नयाँ कार्यसमिति छनोट भएको हो । कार्यसमितिको लागि शनिबार भएको निर्वाचनबाट अध्यक्षमा भूवनेश्वर यादव निर्वाचित भएका हुन् ।
यस्तै, कार्यसमितिको उपाध्यक्ष योग नारायण राय, महासचिवमा महेश्वर यादव, सचिवमा कपिल प्रसाद रोहिता, कोषाध्यक्षमा श्याम सुन्दर यादव छनोट छन् । यसैगरी, सदस्यहरुमा शैलेन्द्र यादव, सुभाषचन्द्र विराजी, संतोष कुमार यादव, राजेश्वर प्रसाद यादव, चन्द्रभूषण यादव र जयाकला यादव निर्वाचित भएका छन् ।
नयाँ कार्यसमितिमा होनहार एवं सक्षम व्यक्तिहरु चुनिएका छन् । नयाँ कार्यसमितिमा आएका पदाधिकारीहरुले नयाँ सोच र मिसनसहित निष्ठापूर्वक काम गर्ने बाचा गरेका छन् ।
२३औं साधारण सभाको अवसरमा आयोजित कार्यक्रमबाट विभिन्न क्षेत्रमा आवद्ध रहेका यादव समुदायका ५ जनालाई पुरस्कृत पनि गरिएको छ । विभिन्न व्यक्तित्वहरुको प्रायोजनमा नेपाल यादव सेवा समितिले वर्षेनी पृरस्कृत हुनेलाई जनही ५/५ हजार नगद र प्रशस्ती प्रदान गर्दै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…