जनकपुरबाट १८ किलो अवैद्य चाँदीसहित एकजना फन्दामा
साहले चाँदी ज ७ प ५७७१ नम्बरको मोटरसाईकलमा जनकपुरबाट भारत तर्फ चाँदी लग्दै थिए ।

२०७६ असोज १० शुक्रबार, दिउँसो २:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामबाट १८ किलो अवैद्य चाँदीसहित एकजनालाई पक्राउ गरिएको छ ।
महोत्तरीका पीपरा गाउँपालिका ५ सहरबा बस्ने वर्ष ३० का भरत कुमार साहलाई १८ किलो चाँदीसहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो । साहलाई जनकपुर उपमहानगरपालिका २२ बासविट्टीबाट आज विहान ९ बजे चेकजाँचको क्रममा पक्राउ गरिएको जनाएको छ ।
साहले चाँदी ज ७ प ५७७१ नम्बरको मोटरसाईकलमा जनकपुरबाट भारत तर्फ चाँदी लग्दै थिए । सोही क्रममा प्रहरीले चेकजाँच गरेपछि ५ वटा प्लास्टिकको पोकामा रहेको सो परिणामको चाँदी बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले बताए ।
बरामद चाँदी १३ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको रहेको जनाइएको छ । पक्राउ परेका साहलाई भन्सारमा बुझाउने तयारी भइरहेको प्रहरी उपरीक्षक उप्रेतीले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…