रौतहटमा दूर्लभ सर्प फेला
जानकारहरुले यो सर्प कालो कोब्रा अर्थात कालो गोमन भएको बताएका छन् ।

२०७६ असोज ७ मंगलबार, बिहान ९:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटमा दुर्लभ सर्प भेटिएको छ । रौतहटको कटहरिया नगरपालिकास्थित एक व्यक्तिको घरमा दूर्लभ सर्प भेटिएको हो ।
कटहरिया ५ का हरिन्दर यादवको घरमा यो सर्प फेला परेको हो । सोमबार दिउँसो परिवारका एक सदस्यले देखेपछि बाहिर चल्लाको थियो । अति बिषालु जस्तो देखिने यो सर्प सुस्तगतिले हिडेको थियो ।
करिब ४–५ घन्टा घरभित्रै रहेको यो सर्पको छिर्केफिर्के र टाउको डमरु अकारको देखिन्छ । जानकारहरुले यो सर्प कालो कोब्रा अर्थात कालो गोमन भएको बताएका छन् ।
यो सर्पलाई गत असारमा लालबकैया नदिमा आएको बाढीले पहाडतिरबाट बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको छ । स्थानीयवासीको अनुरोधमा सर्पलाई नदी किनारमा लगेर छोडेएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…